एमाले अध्यक्षद्वारा सहिद दशरथ चन्दको जन्मघरको अवलोकन

बैतडी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथ चन्दको जन्मघरको अवलोकन गरेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटस्थित सहिद दशरथ चन्दको जन्मघरमा अवलोकन गरेका हुन् ।
ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनीप्रति सम्मान व्यक्त गरेको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । उनका अनुसार नेताहरूले घरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।
विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रिय स्तरको घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय प्रतिष्ठान घोषणाका लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए । झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।
यसअघि अध्यक्ष ओलीले आजै यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए ।
सङ्कल्प यात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने छन् । आज साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको एमालेले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया