बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल, निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको बताएका छन् ।​ बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको जिकिर गरे । उनले गणतन्त्रको विरोध गर्ने दुःसाहसी काम भइरहेको बताए । उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए ।

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बताए ।