जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन, कर्मचारीले तलब पाएनन्

सर्लाही - सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो । गाउँसभा नभएपपछि गाउँपालिकाका शिक्षक एवं कर्मचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरू आन्दोलनमा उत्रिएका छन् । राजनीतिक खिचातानी र जनप्रतिनिधिहरू बीचको आपसी विवादका कारण गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ ।
वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ । गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालयअगाडि धर्नामा बसेका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया