खाणकाे विषयमा न्यायाधीशबीचमा राय बाझियाे
तेस्राे न्यायाधीशलाई फैसला गर्न आदेश

काठमाडौँ- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाणकाे विषयमा राय बाझिएकाे छ ।
उच्च अदालत, पाटनलले आज आफ्नो फैसाला सुनाउँदै पूर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाणकाे सबालमा भने न्यायाधीशहरूका बीचमा राय बाझिएकाे छ । जसका कारण तेस्राे न्यायाधीशलाई फैसला गर्न आदेश दिइएकाे छ । अदालतको आदेशअनुसार अब खाणले जेलबाहिर बसेर नै मुद्दा लड्न पाउने बाटो अझै खुलेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलिपल्ट अदालतले फैसला सुनाएकाे हाे ।
अदालतमा जवाफी बहसमा खाणलगायत थुनामा रहेकाहरूको पक्षबाट वकिलहरूले उनीहरूलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका थिए । तर, न्यायाधिशबीचमा राय बाझिँदा तत्कालका लागि उनी थुनामुक्त हुन सकेनन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा फैसला आएको हो ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया