चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनद्धारा आकस्मिक प्रयोगका लागि मान्यता
चिनियाँ खोप सिनोभ्याक्सलाई विश्व स्वास्थ्य संगठनले आकस्मिक प्रयोगका लागि मान्यता दिएको समाचारमा जनाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार सो खोपलाई मान्यता दिएको जेनेभाबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सो खोप चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरको हो । सो खोपलाई मान्यता दिनका लागि चीनले निकै लामो समयदेखि माग गरिरहेको थियो । सो खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले उक्त कम्पनीको चिनियाँ खोपलाई १८ वर्ष उमेरका र सो भन्दामाथिको उमेरका व्यक्तिलाई लगाउन पाइने गरी अनुमति पनि दिएको छ । सो खोप १८ वर्षभन्दा माथिका व्यक्ति र सोभन्दा माथिकालाई दिन मिल्ने र दुई डोज दिनुपर्ने गरी विश्व स्वास्थ्य संगठनले अनुमति दिएको बताइएको छ ।
साथै विश्व स्वास्थ्य संगठनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त खोप पहिलो पटक लगाउने र दोस्रो पटक लगाउने अवधि दुईदेखि चार हप्तासम्मको हुनुपर्ने पनि जनाएको छ । अठार वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिले यो चिनियाँ सिनोभ्याक लगाएका र उनीहरुमा त्यस्तो कुनै नराम्रो असर नदेखिएको पाइएको पनि सो विज्ञप्तिमा जनाइएको छ । (सिन्ह्वा)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया