चिनियाँ व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता

बेइजिङ : चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ । तर दुबै पक्षले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच जारी करवृद्धि युद्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा केही बताएका छैनन् ।
चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ हे ले नेतृत्व गरिरहनु भएको छ । दुबै नेताले आर्थिक स्थिति, द्वीपक्षीय सहयोग तथा आपसी चासोका अरु विषयमा छलफल गर्नु भएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । उता अर्थमन्त्री येलेनको कार्यालयले दुबै मुलुकका आपसी चासोका विषयमा खुला छलफल भएको जानकारी दिएको छ, तर वार्तामा के कुरा भए भन्ने खुलाएको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती राष्ट्रपति ट्रम्पले चीनसँग शुरु गर्नु भएको करयुद्ध कसरी सम्बोधन गरिनेछ भन्ने बारेमा अहिलेसम्म केही बताउनु भएको छैन । ट्रम्पले चीनको औद्योगिक नीति र चीन–अमेरिका व्यापार घाटाको विषयलाई लिएर चीनबाट आयात हुने सामानमा शृंखलाबद्ध करवृद्धि गर्नु गर्नु भएको थियो । जवाफमा चीनले पनि अमेरिकी सोयाबिन र अरु सामानमा करवृद्धि गर्नुका साथै कतिपय अमेरिकी सामानको आयात रोकेको थियो ।
चिनियाँ उपप्रधानमन्त्री लिउले गत साता अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईसँग पनि फोनमा कुराकानी गर्नु भएको थियो । टाईको कार्यालयले दुबै देशबीचको व्यापार सम्बन्धको समीक्षा गरिरहेको बारेमा चिनियाँ पक्षलाई जानकारी दिइएको जनाएको छ ।
दुबै देशका व्यापार प्रतिनिधिहरुबीच कोभिड–१९ का कारण सन् २०२० को शुरुदेखि नै प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन । तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी भइरहेका छन् ।
ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच पहिलो चरणको सम्बन्ध सामान्यीकरण सम्झौता सन् २०१९ मै भएको थियो । उक्त सम्झौतामा थप करवृद्धि योजना तत्कालका लागि स्थगन गर्ने र कतिपय करवृद्धि प्रस्ताव फिर्ता लिइने उल्लेख छ । चीनले पनि अमेरिकी सोयाबिनको आयात गर्ने र अमेरिकी अरु सामानको खरिदलाई बढाउने प्रतिबद्धता जनाएको थियो । तर कोभिड–१९ का कारण विश्वव्यापी व्यापारमा मन्दी छाएसँगै चीनले अमेरिकी प्रतिबद्धता पूरा गर्न सकेको छैन । (एपी)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया