कांग्रेसले आगामी चुनाव एक्लै लड्नुपर्छ : महामन्त्री थापा

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र इमानदार एवं कर्तव्य निष्ठ व्यक्तिहरू धेरै रहे पनि त्यो पुँजी प्रयोग गरेर निर्वाचनमा जान नसकिएको बताएका छन् । आज बुटवलमा भएकाे नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
उनले पार्टीभित्र गाउँ, सहर जहाँ सबैतिर इमानदार कार्यकर्ता रहे पनि त्यसलाई पार्टीले पुँजीका रूपमा प्रयोग गर्न नसकेको गुनासो गरे । महामन्त्री थापाले पार्टीले आगामी चुनाव हारे पनि एक्लै लड्नुपर्ने जिकिर गरे ।
महामन्त्री थापाले निर्वाचनमा समानुपातिक पद्धतिमा आफन्त र आफू निकट राख्दा इमानदार नेता पछाडि परेको बताए । उनले नेपालको अर्थतन्त्र पछिल्लो पटक सुधार भएको उल्लेख गर्दै अब निरासभन्दा आशावादी हुँदै गएको बताए । उनले प्रदेश संरचना खर्चिलाे भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया