सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ : माधव नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।
पार्टी निकट दलित मुक्ति सङ्गठनको बागमती प्रदेशस्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उहाँले देशको आर्थिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न पुँजीवादले नसक्ने भएकाले त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको खाँचो औँल्याए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया