राप्रपा नेपालको केन्द्रीय समिति मंसिर २४ बाट
काठमाडौं - राप्रपा नेपालको केन्द्रीय समिति बैठक आगामी मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ।
बैठकमा अध्यक्ष कमल थापाले मुकुलको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।
पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहने बीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ ।
यसै गरि बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन , संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यो प्रत्येक तीनरतीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यका स्तरी बृहत् कार्यकर्ता भेला गरि बैठक समापन हुने पार्टीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया