एनिमलले तोडयो शाहरुखको जवानको 'कलेक्सन् रेकर्ड'

मुम्बइ - सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् ।
योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन ।
यसैबीच, एनिमलको दोस्रो दिनको कमाइको तथ्यांक बाहिर आएको छ, जसले जवानलाई पछि पारेको देखिन्छ ।
सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार एनिमलले दोस्रो दिन ६६ करोड कमाएको छ, त्यसपछि रणवीर कपुरको फिल्मले १०० करोड नाघेको छ भने दुई दिनमा १२९.८० करोड कलेक्सन गरेको छ । पहिलो दिनको कुरा गर्ने हो भने एनिमलले ६३.८ करोडको ओपनिङ गरेको थियो, जसमध्ये फिल्मले हिन्दीमा ५४.७५ करोड, तेलुगुमा ८.५५ करोड, कन्नडमा ९ लाख, तमिलमा ४ लाख र मलायममा १ लाख रुपैयाँ कमाएको छ ।
पहिलो दिन नै एनिमलले पठान र जवानको कीर्तिमान तोड्न सकेको छैन । तर दोस्रो दिनको कमाईको मामिलामा उक्त एनिमलले जवानलाई उछिनेको छ । तथ्यांक अनुसार जवानले दोस्रो दिन ६३.५० करोड कमाएको थियो । पठानको संकलन ७० करोड ५० लाख थियो भने एनिमलको दोस्रो दिनको कमाई पठानलाई त सकेन तर जवानको भन्दा बढी थियो ।
पहिलो दिनको ओपनिङसँगै रणवीर कपूरको एनिमल टाइगर–३, केजीएफ–२ र बाहुबली–२ जस्ता फिल्मको रेकर्ड तोड्दै तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया