माेटरसाइकल दुर्घटनामा रुपन्देहीका दुई युवाको मृत्यु

बुटवल : मोटरसाइकल दुर्घटना हँुुदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तिलोत्तमा नगरपालिका वडा नम्बर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र मोटरसाइकलमै सवार सोही स्थानका २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गएराती साठे १० बजे दुर्घटना भएपछि गम्भीर घाइते भएका उनीहरूलाई क्रिम्सन अस्पताल माणिग्राममा पुर्याइएको थियो । उनीहररूको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका तीन दाजुभाइ

प्रतिक्रिया