प्रदेश-१मा बजेट अधिवेशन आह्वानको सिफारिस

विराटनगर : प्रदेश–१ मन्त्रिपरिषद्ले जेठ २४ गते दिनको दुई बजेका लागि प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहानको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
जेठ २४ गते दिनको २ बजेका लागि प्रदेश सभाले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री हिक्मत कार्की जानकारी दिएका छन् ।
प्रदेश–१ संसद्का विपक्षी दलले बजेट अधिवेशनको माग गर्दै आएका थिए । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि ऐन २०७४ लाई संसोधन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा बजेट आउनु १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ ।
कोभिड महामारीको बहानामा समयमा अधिवेशन आह्वान नगरेको सरकारले बजेट आउने ५ दिन अगाडि प्रि–बजेट छलफल गर्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रिबजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रिबजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया