आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

म्यानचेस्टर सिटीमाथि कारबाही

काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटी कारबाहीमा परेको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न म्यानचेस्टर सिटी र टोटेनहमको खेलपछि खेलाडीले रेफ्रीको आलोचना गरेपछि सिटीलाई कारबाही गरिएको बीबीसीले जनाएको छ ।

सिटी र टोटेनहमबीच भएको खेल ३-३ गोलको बराबरीमा रोकिएपछि खेलाडीहरूलाई नियन्त्रणमा राख्न नसकेको इंग्ल्यान्डको फुटबल एसोसियसनले जनाएको छ ।

उक्त खेलपछि सिटीका नर्वेजियन फरवार्ड अर्लिङ हालान्डले रेफ्रीकी आलोचना गरेका थिए । हालान्डमाथि कुनै कारबाही भने नहुने बीबीसीले उल्लेख गरेको छ ।