सामाजिक सुरक्षामा जान दबाब दिए आन्दोलन गर्छौँ : वित्तीय संस्था कर्मचारी संघ
काठमाडौँ : सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तिय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सूचना जारी २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुनका लागि नीजि तथा संगठित संस्थाहरूलाई आग्रह गरेको थियो । तर सरकारको नीति नियम अनुरुप व्यवसायिक, पारदर्शी र अनुशासित रुपमा सञ्चालित बैँक, बीमा तथा वित्तीय संस्था तथा संस्थाका कर्मचारीहरूलाई उनीहरूको खाईपाई आएका सेवासुविधाहरू कटौती हुनेगरी जबरजस्ती सामाजिक सुरक्षा योजनामा सरिक गराउन कोषले दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघले आफुहरूको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बैँक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई आकर्षक हुनेगरी योजना नल्याई षड्यन्त्रमूलक र दुरासयपूर्ण किसिमले कर्मचारीहरूलाई मर्का पर्ने किसिमले सामाजिक सुरक्षा योजनामा लान खोजिएकोले आफुहरू बिरोधमा उत्रिनुपरेको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले बताए ।
कोभिडका कारणले बैँक तथा वित्तीय क्षेत्र संकटमा परेको भन्दै यस्तो बेला कोषमा सूचीकृत हुन नसकिने संघले जनाएको छ । विद्यमान व्यवस्थाहरू परिमार्जन गर्नुपर्ने संघको ठम्याई रहेको अध्यक्ष रेग्मीले बताए । सामाजिक सुरक्षा कोषमा जर्बजस्ती गरेर समावेश गराउन खोजे आन्दोलनमा उत्रिने अध्यक्ष रेग्मीले बताए ।
बैँक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूको स्वास्थ्य सुरक्षा, औषधि तथा स्वास्थ्य उपचारको व्यवस्थाका साथै यस क्षेत्रमा खोप लगाउन छुटेका कर्मचारी तथा कर्मचारीको कारणले जोखिममा परेका कर्मचारीका परिवारका सदस्यहरूलाई समेत अनिवार्य खोपको व्यवस्था गर्न पनि संघले माग गरेको छ ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया