अक्षयकुमारको ‘ओ माई गड’को सिक्वेल बन्दै, परेश रावलको ठाउँमा पंकज त्रिपाठी

मुम्बई : अक्षयकुमार र परेश रावलको मुख्य भूमिका रहेको फिल्म ‘ओ माई गड’को सिक्वेल बन्ने भएको छ । पिंकभिल्लाले लेखेको समाचारअनुसार यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।
भगवानलाई मुद्दा हाल्ने रोचक विषयमा बनेको फिल्ममा अक्षयकुमारले भगवानको भूमिका निर्वाह गरेका थिए भने परेश रावलले भगवान पीडित व्यापारीको रुपमा । तर, दोस्रो भागमा अक्षयकुमार भगवानको भूमिकामा यथावत रुपमा रहनेछन् भने परेश रावलको ठाउँमा भने निर्माताले पंकज त्रिपाठीलाई अनुबन्ध गरेका छन् ।
अक्षयकुमार र पंकजले यसअघि ‘बच्चन पाण्डेय’मा सँगै काम गरेका थिए । अक्षयकुमारकै सुझावमा पंकजलाई फिल्ममा लिइएको पनि समाचारमा उल्लेख छ ।
परेश रावल मात्र होइन दोस्रो भागमा निर्देशक पनि फेरिन लागेका हुन् । पहिलो भाग उमेश शुक्लाले निर्देशन गरेका थिए । तर, दोस्रो भागलाई अरु कुनै निर्देशकले निर्देशन गर्नेछन् । निर्माण टिमले निर्देशकको नाम भने सार्वजनिक गरेको छैन ।
यो फिल्म प्रिप्रडक्सनको काम सुरु भइसकेको र अक्टोबरबाट फ्लोरमा जाने तयारीमा रहेको पनि समाचारमा उल्लेख गरिएको छ । तर, यो फिल्मको सुटिङ गर्नु अघि अक्षयकुमारले ‘रातसेतु’, ‘रक्षा बन्धन’ र ‘पृथ्वीराज’को काम सक्नेछन् । महामारीका कारण तीनै फिल्मको सुटिङ रोकिएको छ ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया