राप्रपा नेपालमा समाहित भयो राष्ट्रिय जनता दल

काठमाडौं - राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल बुधबारबाट राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् । राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति पत्र सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामी दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।
सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुने तथा सामाजिक न्याय, समानता, समावेशीता एवं मधेस, पहाड र हिमालको समानुपातिक विकास प्राथमिकतामा रहने जनाईएको छ ।
भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न प्रयत्नशील रहने र राप्रपा नेपालमा समाहित भएको राष्ट्रिय जनता दल नेपालका नेता र कार्यकर्ताहरुलाई ससम्मान विभिन्न पदहरुमा समायोजन गरिने सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया