राप्रपाले अस्थिरता र अराजकता भित्र आफ्नो भविष्य खोज्दैनः अध्यक्ष लिङदेन

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताए ।
उनले कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने निर्णय गरेको बताए । उनले निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका लागि जन दबाबका कार्यक्रम अघि बढाउने बताए ।
उनले भने, ‘३ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डाहरु तय गर्ने सन्दर्भमा बैठक बसेको हो । बैठक आज एजेण्डामा नै सकियो । एजेण्डामा पार्टीको नियमावली पास गर्नुपर्ने थियो, त्यो भयो । निकट भविष्यमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना राजनीतिक मान्यता स्थापनाका साथसाथै सुशासन र विकासका कुरा समेत लिएर व्यापक जन दबाबका कार्यक्रम लैजाने भनेर पुस, माघ, फागुन र चैत्र आन्दोलनका रुपमा आफ्ना गतिविधि अघि बढाउने भनेर आन्दोलनका कार्यक्रम प्रश्तुत गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा छुट्टै एउटा राजनीतिक पार्टी हो र यसले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य खोज्दैन । अरूले गर्ने आन्दोलनलाई विरोध र समर्थन गर्न हतार गर्दैन ।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी छुट्टै राजनीतिक पार्टी भएकाले अस्थिरता, अराजकता भित्र आफ्नो भविष्य नखोज्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया