प्रधानमन्त्री प्रचण्डलाई भेट्न अमेरिकी राष्ट्रपति बाइडनका विशेष सहायक लाउबाचर बालुवाटारमा

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार वरिष्ठ निर्देशक लाउबाचरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने तथा सहयोगको दायरालाई अझ फराकिलो तुल्याउनेबारेमा छलफल गरेका थिए । बुधबार नै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी उनले दुई देशबीच विद्यमान सुरक्षा सहयोगबारे छलफल गरेकी थिइन् ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया