नेपालमा आन्तरिक उडानतर्फ कति वटा जहाज सञ्चालनमा छन् ?

काठमाडौँ- नेपालमा आन्तरिक उडानतर्फ नियमित रुपमा आठ वटा वायुसेवा कम्पनीका हवाइजहाजले सेवा दिइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक हवाइ उडानतर्फ ३८ वटा जहाजले नियमित उडान भरिरहेका छन् ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको १७ वटा जहाजले नियमित उडान भरिरहेको जानकारी दिए । उनका अनुसार यति एयरलाइन्सको ५ र श्री एयरलाइन्सको ४ वटा जहाजले नियमित उडान भरिरहेका छन् ।
त्यसैगरी, सौर्य एयरलाइन्सको २ र तारा एयरलाइन्सको ३ वटा जहाजले उडान भरिरहेको छ । समीटको ३ र नेपाल एयरलाइन्सको २ वटा जहाजले आन्तरिक उडान भरिरहेको प्रवक्ता निरौलाले जानकारी दिए ।
हाल गुण एयरलाइन्सले उडान नभरेको उनले जानकारी दिए । यसअघि प्राधिकरणले एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय गरिसकेको छ ।
त्यसैगरी ११ वटा वायुसेवाको कम्पनीका हेलिकोप्टरले सेवा दिने गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल ३८ वटा हेलिकोप्टरले सेवा दिइ रहेको छ ।
त्रिभुवन विमानस्थल र काठमाडौँ उपत्यका बाहिरका विभिन्न जिल्लाबाट हेलिकोप्टरले सेवा दिइरहेका छन् ।
त्रिभुवन विमानस्थल परिसरबाट २४ वटा हेलिकोप्टर र बाहिरी क्षेत्रबाट १४ वटा हेलिकोप्टरबाट सेवा दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट सिम्रिक एयरले ३ वटा र उपत्यका बाहिरबाट २ वटा हेलिकोप्टरले उडान भरिरहेको छ । एयर डेनसिटी हेली सर्भिसले त्रिभुवन विमानस्थलबाट ३ र काठमाडौँ उपत्यका बाहिरबाट १ हेलिकोप्टरले सुविधा दिने गरेको छ ।
त्यसैगरी माउन्टेन हेलिकोप्टरको दुई वटा हेलिकोप्टरले सेवा दिने गरेको छ । कैलाश हेलिकोप्टरको ३ वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेको छ ।
अल्टियुड एयरको दुई वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेका छन् । हेलि एभरेष्टको दुई वटा हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट सञ्चालनमा आएका छन् ।
फिस्टेल एयरको दुई हेलिकोप्टर त्रिभुवन विमानस्थलबाट र एउटा उपत्यका बाहिरबाट सञ्चालित रहेको प्राधिकरणले जानकारी दिएको छ ।
मनाङ एयरले दुई वटा हेलिकोप्टरले त्रिभुवन विमानस्थलबाट सेवा दिने गरेका छन् । प्रभु हेलिकोप्टरले पोखराबाट २ र पोखरा बाहिरका विभिन्न जिल्ला गरी ४ वटाबाट सेवा सञ्चालन गरिरहेका छन् ।
मुस्ताङ एयरले पोखरा र काठमाडौँबाट एउटै हेलिकोप्टरले सेवा सञ्चालन गरिरहेका छन् । श्री एयरलाइन्सले काठमाडौँ, पोखरा र सुर्खेतबाट ३ वटा हेलिकोप्टरले सेवा सञ्चालन गरिरहेका छन् । त्यसैगरी विभिन्न जिल्लाका ५ वटा स्थानबाट सेवा सञ्चालन गरिरहेका छन् ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया