ऐतिहासिक बिन्दुमा सेयर बजार, कारोबार १६ अर्बमाथि

काठमाडौँ : साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक २९.५५ अंकले बढेको छ । यहीँ दरले वृद्धि भइरहेमा नेप्से २९०० अंकमा पुग्ने सम्भावना बढेको छ । बैंकहरूले सेयर बजारमा कर्जा प्रवाह बढाइरहेको अवस्थामा नेप्से परिसूचक दिन प्रतिदिन कीर्तिमानी लक्ष्य पछ्याइरहेको छ ।
बैंकिङ तथा वित्तीय क्षेत्रका परिसूचकमा वृद्धि हुँदा नेप्सेमा उछाल देखिएको हो । व्यापार, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक मजबूत छन् ।
मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयर मूल्य आकाशिएपछि सर्किट ब्रेकर नै लागेको थियो । मञ्जुश्री फाइनान्सको सेयर मू्ल्य ७५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार रोकिएको थियो । महिला लघुवित्तको सेयर मूल्य चार सय ३२ रुपैयाँले बढेर चार हजार सात सय ५२ रुपैयाँ कायम भएको छ ।
गुर्खाज फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।
कारोबार रकम १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । एक लाख ५५ हजार ६ सय ५५ पटकको कारोबारमा तीन करोड ४६ लाख ९१ हजार तीन सय १२ कित्ता सेयर किनबेच भएको छ । एक अर्ब दुई करोड रुपैयाँ बराबर नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । छिमेकी लघुवित्तको ६८ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया