जब पराजित वडाध्यक्षका उम्मेदवारले वडा सचिवमाथि हातपात गरे...

काठमाडौँ - गत बिहीबार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ का वडा सचिव लक्ष्मी धमलामाथि आक्रमण भयो । कार्यालयमा रहेकै समयमा उनीमाथि हातपात भयो ।
उपभोक्ता समिति गठनबारे वडा कार्यालय कदमवासमा छलफल भइरहेको थियो । गत स्थानीय निर्वाचनमा पराजित माओवादीकातर्फबाट वडाध्यक्षका उम्मेदवार बलराम गिरिको प्रवेश भयो ।
उनी एक्लै आएका थिएनन् । आफ्नो समूहसहित प्रवेश गरेका थिए । वडासचिव लक्ष्मी धमलासहित वडा सदस्य दिलीप गिरी र स्थानीय कांग्रेस नेता खिलराज गिरीमाथी उनले एक्कासी हातपात गरे ।
वडामा उपभोक्ता समिति गठनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा वडासचिव, जनप्रतिनिधि र स्थानीय सहभागी थिए । बैठक चलिरहँदा गिरीसहितको टोली आक्रमणमा उत्रियो । बैठकको माहोल एकैछिन युद्ध मैदान जस्तै भयो ।
बैठकमा सहभागी हुन आएका स्थानीय खिलराज गिरी पनि घाइते भए । उनको टाउकामा चोट लाग्यो । बैठक चलिरहँदा एक्कासी गुण्डाशैलीमा आक्रमण उत्रेको घाइते गिरी बताउँछन् । ‘टाउकाको पछाडि चोट लागेको छ घुँडाको लिगामेण्ट च्यातिएको जस्तो छ । एक्सरेको रिपोर्ट आउन बाँकी छ, ‘ उनले भने । वडा सदस्य दिलीप गिरी र वडासचिवलाई भने चोट नलागेको उनले जानकारी दिए । कार्यालयको सिसिटिभि फुटेजमा वडासचिवसहित अन्यलाई हातपात गरेर बाहिर लखेटेको देखिन्छ ।
वडाध्यक्ष विमल श्रेष्ठले कार्यालयमा योजना कार्यान्वयन गर्न उपभोक्ता समिति गठन गर्ने विषयमा छालफल भइरहँदा अचानक मानिसहरु आएर आक्रमण गरिएको जानकारी प्राप्त भएको बताए । सोही दिन उनी बागमती प्रदेश गएका थिए । आफू नभएको समयमा घटना भएकाले सबै कुरा थाहा नभएको उनको भनाई छ । ‘म भएको भए यो अवस्था नै आउने थिएन,’ उनले भने, यसअघिसम्म मैले सबैलाई मिलाउँदै लगेको थिए ।‘
वडामा आउने सबै योजनामा सर्वसम्मत निर्णय गरेर काम गरिरहेको उनको भनाइ छ । सामान्य योजना भएकाले वडा सदस्य र वडासचिवलाई छलफलका लागि जिम्मा दिएको उनले बताए ।
घाइते खिलराज गिरी र दिलीप गिरीले बलराम गिरीलगायत १० जनाविरुद्ध अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । गिरीसँगै दिपेन्द्र गिरी, देवराज गिरी, विष्णु गिरी, ईश्वर गिरी, बासुदेव भुजेल, कान्छा दमाई, ठूलोकान्छा दमाई, नारायण भूजेल र कृष्ण गिरीविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।
घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप लागेको बलराम गिरीसँग भने सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले बलराम गिरीलगायतका व्यक्तिहरुविरुद्ध उजुरी परेको जानकारी दिए ।
उनले भने, ‘ उजुरी परेको छ हामीले पक्राउ गर्न प्रहरी परिचालन गरेका छौं । ‘

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया