कर्णाली सरकारमा सामेल हुँदै कांग्रेस

सुर्खेत : कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा जाने तयारी गरेको छ । दुईवटा मन्त्रालयसहित कांग्रेस सरकारमा जाने तयारी गरेको हो ।
प्रदेश सभा सांसद दिनबन्धु श्रेष्ठले बिहीबार नै कांग्रेस सरकारमा जाने तयारी गरेको बताए । ‘सरकारमा जाने विषयमा तयारी भइरहेको छ’ सांसद श्रेष्ठले भने, ‘आज या भोलीसम्म मन्त्रीपरिषद्ले निर्णय गर्छ ।’
कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने तयारी गरेको छ । मुख्यमन्त्रीको पद जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कांग्रेसले दुईवटा मन्त्रालय माग गरेको थियो ।
पछिल्लो समय कांग्रेसले सामाजिक विकास मन्त्रालयबाट अलग्याएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा गाभिएको युवा तथा खेलकुद कार्यक्षेत्रलाई सामाजिकमै ल्याउनुपर्ने सर्त राखेको थियो । मुख्यमन्त्री निकट स्रोतले आज बस्ने मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेरको निर्णय गर्ने बतायो ।
विश्वासको मत पाए लगत्तै सरकारमा जाने सहमति भए पनि मन्त्रालयको संख्या ८ पुर्याएर कांग्रेसलाई एउटा मात्र दिन खोज्दा कांग्रेस सत्तामा गएको थिएन । कांग्रेससँग कुरा नमिलेपछि माओवादी केन्द्रले मन्त्रीमा सिफारिस भइसकेका विन्दमान विष्टलाई ‘ब्याक’ गर्दै कांग्रेसका लागि दुइटा मन्त्रालय दिने निर्णय गरेको थियो ।
कर्णाली सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेबाट फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका ३ जना छन् । हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया