रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो ।
विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ ।
चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु.५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।
शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

एनआईसी एशिया बैंक र ई–स्टप नेपालबीच सहकार्य, चार्जिङ स्टेसन र रेष्टुरेन्टमा वि…

सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

प्रतिक्रिया