चोरीका हतियारसहित तीनजना पक्राउ

काठमाडौँ- चोरीका दुई नाल हतियारसहित तीन जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका-३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा-१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-३ का २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट दुई नाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा दुई थान, खुकुरी छ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बञ्चरो एक थान र मोटरसाइकलको सक दुई थान बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेको व्यक्तिलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।
यही मङ्सिर १६ गते कामपा-१३ ताहचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजाजत पत्रसहितको दुई नाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया