पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन
काठमाडौँ- संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
नेपालविरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्ता छलफल र प्रस्तावित राजदूतसँग संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिले सर्वसम्मत रूपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।
गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएसंगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया