एनसेल खरिदबिक्रीविरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौँ- एनसेलको शंकास्पद शेयर खरिदबिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा रिट दायर गरेका छन् । सिंहले शुक्रबार एनसेलको शेयर खरिदबिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरिएको छ ।
रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।
सात वर्षअघि १ खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालसालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा ६ अर्ब ५० करोडमा बिक्री गरेको छ। उक्त बिक्री कर छली र ६ वर्षपछि सरकारीकरण हुने क्रममा रहेको एनसेलको सम्पत्तिलाई रोक्नका लागि गरिएको आरोप एनसेलमाथि लाग्दै आएको छ ।

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

प्रतिक्रिया