अधिवक्ता लाइसेन्स परीक्षा स्थगन गर्ने अल्पकालीन आदेश खारेज

काठमाडौँ- अधिवक्ता लाइसेन्स परीक्षा स्थगित गर्न न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएकाे अल्पकालीन अन्तरिम आदेश सर्वाेच्चले खारेज गरिदिएसँगै अब अधिवक्ता लाइसेन्स परीक्षा हुने भएको छ ।
यसअघि बार काउन्सिलले लिने अधिवक्ताको लाइसेन्स परीक्षामा नेपाल खुल्ला विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गरेकाहरूले समेत सहभागी हुन पाउनुपर्ने माग राखेर मनीषा गौतमले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले परीक्षा स्थगन गर्न अल्पकालीन आदेश दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र विनोश शर्माको संयुक्त इजलासले न्यायधीश सुवेदीले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।
सर्वोच्चको यो आदेशसँगै अब बार काउन्सिलले परीक्षाका लागि नयाँ मिति तोक्न सक्नेछ ।
यसअघि शुक्रबार (आज) र शनिबार हुने गरी परीक्षाको मिति तोकिएको थियो ।

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

जोखिमयुक्त यात्रा गर्न बाध्य छन् धरान हरियालीका स्थानीय

कार्यक्रम व्यवस्थापन सङ्घको अध्यक्षमा राजेन्द्र लुइँटेल

प्रतिक्रिया