'परम्परागत सैन्य सन्धि भएका मुलुकबाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन'

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धि भएका मुलुकहरू भन्दा बाहेक नेपाली नागरिकलाई अरू देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेका छन् । शुक्रबार बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले रुस युद्धमा मारिएका नेपालीहरूको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको जानकारी दिए । उनले कुनै पनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताए । उनले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरू विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको उल्लेख गरे ।
परराष्ट्रमन्त्रीले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रबन्ध मिलाइएको बताए ।
उनले भने, ‘रुसमा नेपालीहरू भर्ना भएको सन्दर्भमा पनि केही साथीहरूले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरू हताहत भएको बारेमा यो रुस सरकारले हाम्रो राजदुतावाससँग कन्भर्सेसन गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य नै निकालेर वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धि भएका मुलुकहरू भन्दा बाहेक नेपाली नागरिकलाई अरू देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन ।'
मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरूलाई फर्काउन रुस सरकारका अधिकारीहरूसँग कुराकानी गरेको बताए ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया