अस्पतालहरूलाई जापानको १६० अक्सिजन जेनेरटेर सहयोग

काठमाडौँ : जापान सरकारले नेपालका अस्पतालहरूलाई १६० अक्सिजन जेनेरेटर सहयोग गरेको छ । कोभिड–१९ उपचारका लागि अत्यावश्यक उपकरण सहयोग गर्ने क्रममा जापानले हस्तान्तरण गरेका यी अक्सिजन जेनेरेटरहरू देशभरका ५८ अस्पतालमा वितरण गरिनेछ ।
अक्सिजन जेनेरेटर नेपाल आएपछि नेपालका लागि जापानी राजदूत किकुता युताकाले भनेका छन्, ‘प्रिय नेपाली साथीहरू, बहुप्रतीक्षित अक्सिजन जेनेरेटरहरू नेपाल आइपुगेको छ । यसमार्फत् अक्सिजन सिलिण्डर बिना पनि बिरामीहरूको उपचारका लागि अस्पतालमा अक्सिजन आपूर्ति गर्न सकिनेछ ।’
जापान सरकारले सहयोगमा पठाएका यी अक्सिजन जेनेरेटर भने आइसीयू भेन्टिलेटर भने होइनन् । यी निश्चित तहसम्म कोभिड–१९ का बिरामीहरूमा जटिलता आउन नदिनका लागि अक्सिजन आपूर्ति गर्न उपयोग हुनेछन् । जटिल बिरामीका लागि भने आइसीयूमा भेन्टिलेटरका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।
जापानले यससँगै २५ ओटा ब्लड ग्यास एनालाइजर र २५ पोर्टेबल अल्ट्रासाउण्ड डायग्नोस्टिक सिस्टम पनि अस्पतालमा जडान गर्नेगरी हस्तान्तरण गर्ने भएको छ । गत वर्ष अक्टोबर महिनामा जापानले जापानमा बनेका ६ ओटा एम्बुलेन्स कोभिड–१९ का बिरामी ओसार्नका लागि प्रयोग गर्ने गरि नेपाललाई हस्तान्तरढा गरेका थियो । नेपाल र नेपाली जनतासँगको लामो मित्रतापूर्ण सम्बन्धलाई सम्मान गर्दै जापानले आपतकालमा यो सहयोग प्रदान गरेको जनाएको छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया