'एनिमल'मा रणवीर कपुरसँग बेड सिन तयार थिइन् उनकी ‘भाञ्जी’, तर मानेनन् निर्देशकले

मुम्बई- रणवीर कपूर, रश्मिका मन्दान्ना र अनिल कपूर स्टारर फिल्म ‘एनिमल’ यतिबेला चर्चामा छ । सन्दीप रेड्डी वांगाको यो फिल्मलाई मानिसहरूले धेरै माया दिइरहेका छन् ।
फिल्मले विश्वभर उत्कृष्ट कलेक्सन गरिरहेको छ । एक सय करोडमा बनेको यो फिल्मले अहिलेसम्म पाँच सय करोड कमाइ सकेको छ । फिल्ममा धेरै रक्तपात भएको देखिएको छ भने रणवीरका इन्टिमेट सिनका बारेमा पनि मानिसहरूले धेरै कुरा गरिरहेका छन् ।
रणवीर कपूरको फिल्म ‘एनिमल’को जति चर्चा भइरहेको छ, नयाँ राष्ट्रिय क्र्यास बनेकी तृप्ति डिमरी पनि त्यही चर्चामा छिन् । तृप्तिभन्दा अगाडि बलिउड अभिनेत्री यस फिल्ममा मामासँग बेड सिन दिन उनकी ‘भाञ्जी’ तयार थिइन् ।
सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ को हरेक क्यारेक्टरलाई दर्शकले मन पराइरहेका छन्, जहाँ रणवीर कपूर र बबी देओलको एक्सन अवतारलाई दर्शकले मन पराइरहेका छन् । योसँगै फिल्ममा देखिएकी रणवीर कपूरकी प्रेमिका ‘भाभी २’ को नामबाट चर्चित तृप्ति डिमरीले पनि अथाह माया पाइरहेकी छन् । दुवै फिल्ममा इन्टिमेट भएका छन् ।
भारतीय मिडिया न्युज १८ ले रणवीर कपुरकी भान्जी उनीसँग यो इन्टिमेट सिन गर्न तयार थिइन् भनेर लेखेको छ । वास्तवमा सन्दीप रेड्डी वांगालाई करिना कपूरकी सौतेली छोरी सारा अली खानको फिल्म ‘एनिमल’ मा ‘जोया’ को भूमिकाका लागि अडिसन दिएकी थिइन् । मिडिया रिपोर्टका अनुसार सारा अली खानले यो भूमिकाका लागि निकै चासो देखाएकी थिइन् । तर निर्देशकले अन्तिममा उनलाई अस्वीकार गरे ।
सन्दीप रेड्डी वांगालाई साराको भूमिकामा शंका थियो कि उनले त्यस्ता अन्तरंग दृश्यहरू गर्न सक्षम हुनेछन् कि सक्दैनन् ?त्यसैले उनको स्थानमा तृप्ति डिमरीलाई यो भूमिकाका लागि छनोट गरिएको हो । यद्यपी साराले यो भूमिकाका लागि अडिसन दिएकी थिइनन् भन्ने समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
अब यदि फिल्ममा ‘जोया’ को भूमिकाका लागि साराको ‘एन्ट्री’ भएको भए सायद रणवीर पर्दामा आफ्नै भान्जीसँग फ्लर्ट गरेको देखिने थियो । वास्तवमा रणवीर र करिना दुवै दाजु बहिनी हुन् र सारा भने सैफ अली खानकी छोरी हुन् । साराले अहिलेसम्म फिल्ममा निकै क्यूट रोल गरिरहेकी छिन् । सायद यही शंकाका कारण निर्देशकले उनलाई अस्वीकार गरेका थिए कि भनेर भारतीय मिडियाले लेखेका छन् ।

१०० देशमा प्रतिबन्ध लागेको विश्वको सबैभन्दा विवादित फिल्म

पठानका निर्माताले शंकरको जीवनीमा फिल्म बनाउँदै

'महाभारत' बनाउन आमिर खानले साउथ मेकर्ससँग सहकार्य गर्ने

अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश

कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन् निर्माता र नेटफ्लिक्सविरुद्ध…

अमिर खानले १ हजार करोड लगानीमा ‘महाभारत’ बनाउने

चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक, डिजिटल लतले निम्त्याउने सङ्कटबारे संवेदनशी…

प्रतिक्रिया