कविडाँडा आख्यान पुरस्कार 'मनु' उपन्यासलाई प्रदान

काठमाडौँ- यस वर्षको कविडाँडा आख्यान पुरस्कार 'मनु' उपन्यासलाई दिइएको छ ।
कविडाँडा साहित्य समाज चितवनले चितवनको सौरहामा एक कार्यक्रमका बीच कविडाँडा आख्यान पुरस्कार समालोचक तथा उपन्यासकार डाक्टर देवीप्रसाद सुवेदीको 'मनु' उपन्यासलाई प्रदान गरिएको हो । उक्त पुरस्कार लाल-मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले संयुक्त रूपमा प्रदान गरेका हुन् ।
सुवेदीलाई १ लाख २५ हजार नगद सम्मानपत्रसहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गरेका गरेका थिए ।
समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो । सूचीमा सुवेदीको 'मनु' उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धुन, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित सुवेदीको 'मनु' उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक-सांस्कृतिक उपन्यास हो ।
'मनु' उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार- २०७९ पनि प्राप्त गरेको छ । वि.सं. २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले नियमित रूपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको छ ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया