हेटौंडा उपमहानगरले ३ वडाबाट नदीजन्य पदार्थ उत्खनन् गर्ने

हेटौंडा : हेटौंडा उपमहानगरले जेठ मसान्तसम्ममा नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री गर्ने भएको छ । हेटौंडा उपमहानगरको तीनवटा वडामा नदी उत्खनन् गरेर नदी जन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा बिक्री गर्ने भएको हो ।
हेटौंडा–१६, १७ र १८ नम्बर वडाबाट ३४ हजार ९ सय घनमिटर नदी उत्खनन् गरिने भएको छ । तीन वडाका ६ स्थानबाट नदी उत्खनन् गर्न प्रारम्भिक वातवरणीय परिक्षण प्रतिवेदन (आइइइ) गत वर्ष स्वीकृत भइसकेको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट ६ वटा स्थानमा उत्खनन् गर्न स्वीकृत प्राप्त भइसक्दा पनि कोभिडका कारण काम अघि बढेको थिएन ।
हेटौंडा उपमहानगरका राजश्व शाखाका प्रमुख रामकृष्ण थापाका अनुसार आठ वटा क्रसर तथा बालुवा उद्योगले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् गरेर लैजान प्रस्ताव गरेका छन् । दुई उद्योगको प्रक्रिया नपुगेकोले ६ उद्योगले मात्रै उत्खनन् गर्न पाउनेछ । तीन वडाबाट ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबाट करिब ५ करोड राजश्व उठ्ने अनुमान गरिएको उनले बताए । यता चालू वर्षमा मकवानपुरका सबै स्थानीय तहको नदी उत्खनन् गर्न आइइइ स्वीकृत हुन सकेको छैन । यसले गर्दा हेटौंडा उपमहानगरसँगै अन्य गाउँपालिकाहरुको राजश्व समेत कम उठ्ने देखिएको छ ।
चालू वर्षमा नदी उत्खनन् गर्न आइइइ स्वीकृत नहुँदा राजश्वको आम्दानी खुम्चिएको उपमहागरका राजश्व प्रमुख रामकृष्ण थापाले बताए । स्थानीय तहको मुख्यम राजश्वको आम्दानी ढुंगा, गिट्टी तथा बालुवा भएको उनको भनाई छ ।
गत वर्षहरुमा हेटौंडा उपमहानगरले १५ करोडभन्दा माथि ढुंगा, गिट्टी बालुवा बिक्री गरेर राजश्व प्राप्त गर्दै आएको थियो । नदी उत्खनन गर्न नपाउँदा ३ करोड पनि उठ्न मुस्किल हुने उनले बताए । उनले जेठ मसान्तसम्म नदीजन्य पदार्थ उत्खन्न गरेर बिक्री गर्दा ५ करोडसम्म राजश्व उठ्ने अनुमान गरिएको बताए । यसअघि मकवानपुरमा विपद्को जोखिमको नाममा ७ स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री गरेका थिए ।

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

धुलिखेल–खावा सडक स्तरोन्नतिको काम समयमै नहुँदा यात्रुलाई सास्ती

तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

असार १५ गतेदेखि निकुञ्ज सफारी बन्द

प्रतिक्रिया