देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ- पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् ।
आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी हुन् । उनले देशमा सबै कुराहरू राम्रो भए पनि नेताहरू भने भ्रष्ट रहेका बताइन् । उनले भोलि आउने नेताहरू पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको जिकिर गरिन् ।
उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरूलाई मात्रै दोष दिन भने नमिल्ने भनाइ राखिन् । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने उल्लेख गरिन् ।
पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरिन् । उनले नागरिकसँग भएका जेथाहरू समेत राजनीतिक दलका कार्यकर्ताहरूले जफत गर्ने गरेका बताइन् । उनले राजनीतिक दलहरूसँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरू रहेका बताइन् । आम नागरिकमा आर्थिक अभाव भए पनि दलका कार्यकर्ताहरूसँग भने करोडौँ सम्पत्ति भएको उनको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताइन् । उनले संविधानमा देखिएका समस्याहरूलाई भने संशोधन गर्दै जान सकिने बताइन् ।

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

एलिना चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

प्रतिक्रिया