आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

चेल्सीको पोस्टमा एभर्टनको दुई गोल

काठमाडौँ- इङ्‌लिस प्रिमियर लिगअन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा अब्दुलाये डुकोरे र लुईस डोबिनले एक-एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७ औँ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अंकको कारबाही भएका कारण अंक तालिकामा पछाडि रहेको छ ।

त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौँ हार हो । १६ खेलमा १९ अंक रहेको चेल्सी १२ औँ स्थानमा रहेको छ ।