अफगानिस्तानमा तालिबानका कमाण्डरसहित १८ तालिबान मारिए

अफगानिस्तान : अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् । अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा हवाइ कारबाही गरेको थियो ।
त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एकजना तालिबानका कमाण्डर पनि मारिएका छन् । मोहमद कुरी रजिम नामका ती तालिबानका कमाण्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।
प्रान्तको सैन्य संगठनका प्रवक्ता मोहमद हनिफ रेजाईले सो घटनाको पुष्टि गरेका छन् । सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमाण्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहमद हनिफ रेजाईले पुष्टि गरे । उनले ती कमाण्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताए ।
यस कारबाहीको तालिबान आतंककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतंककारी मारिएका बताइएको थियो ।
पछिल्लो समयमा अफगानिस्तानमा तालिवान र आइएस लडाकूहरुले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आइएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । (रासस)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया