फुटपाथ हटाउने ललितपुरको निर्णयविरुद्ध ईः १०८ मिनेट उभिने

काठमाडौँ- ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथमा व्यापार गर्न नदिने निर्णयविरुद्ध ईःले मंगलबारबाट १०८ मिनेट उभिएर विरोध गर्ने भएका छन् । सोमबार फेसबुकमा पोस्ट गर्दै ललितपुर महानगरको निर्णयविरुद्ध उभिने बताएका हुन् ।
अभियन्ता ईःले ललितपुरको सपना नमार्न आग्रह गर्दै महानगरको उक्त निर्णय ठीक नभएको बताएका छन् । महानगरको निर्णयविरुद्ध उनले मंगलबार ३ बजेबाट उभिने जानकारी दिएका छन् ।
‘कर लेऊ । गरी खान देऊ,’ अभियन्ता ईःले फेसबुकमा लेखेका छन्, ‘विस्थापन होइन । व्यवस्थापन गर ।’
अभियन्ता ईःले काठमाडौँ महानगरपालिकामा पनि फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित राष्ट्रिय सभागृह अगाडि १९९ घण्टासम्म उभिएर विरोध जनाएका थिए ।
शुक्लाफाँटा निकुञ्ज पाटेबाघका लागि प्रख्यात

विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

राशिफलमा हेर्नुहोस् तपाईंको भाग्य

सिन्धुलीबाट बेपत्ता एकै परिवारका १६ पोखरामा भेटिए, नाम पुष्टि हुन बाँकी

नक्कली सुन देखाइ २१ लाख र कर्मचारी हुँ भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

प्रतिक्रिया