हेड र नाहिदा आईसीसीको 'प्लेयर अफ द मन्थ' घोषित
काठमाडौँ- अस्ट्रेलियन ब्याटर ट्राभिस हेड नोभेम्बर महिनाको 'आईसीसी प्लेयर अफ द मन्थ' घोषित भएका छन् ।
हेडले अस्ट्रेलियाकै अल-राउन्डर ग्लेन म्याक्सवेल तथा भारतीय फास्ट बलर मोहम्मद शामीलाई पछि पार्दै पुरुषतर्फको उक्त अवार्ड जितेको आईसीसीले जनाएको छ ।
गत नोभेम्बरमा भारतमा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जित्दा हेडले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल तथा भारतविरुद्धको फाइनल खेलमा 'प्लेयर अफ द म्याच' चुनिएका थिए ।
हेडले दक्षिण अफ्रिकाविरुद्ध ६२ रन बनाउनुका साथै २ विकेट पनि हात पारे । त्यसैगरी, भारतविरुद्धको फाइनलमा हेडले १ सय ३७ रनको योगदान गरे ।
महिलातर्फको अवार्ड भने बंगलादेशकी अलराउन्डर नाहिदा अख्तर पाएकी छन् ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया