अप्पर अरुणको पहुँच मार्गका लागि दुई हजार रुख काटिने
जलविद्युत् आयोजनाका लागि १४ हजार रुख कटान

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँच मार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँच मार्ग निर्माणका लागि भोटखोला-२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।
पहुँच मार्ग निर्माणका लागि भोटखोला-४ मा राष्ट्रिय वन तथा भोटखोला-२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए । आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पिडिए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताए । योसँगै आयोजनाका लागि पहुँच मार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ थियो ।
प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँच मार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
पहुँच मार्ग भोटखोला गाउँपालिका-४ छोराङदेखि भोटखोला-२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ । अप्पर अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि रु दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्ब २६ करोड बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ ।
जलविद्युत् आयोजनाका लागि १४ हजार रुख कटान
जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रुख काट्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । नौ सय मेगावाटको अरुण तेस्रो र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रुख काटिएका हुन् । अरुण तेस्रो र कोसी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिए । रासस

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया