उपसभामुख भन्छिन्- बिल्डिङ र टावर खोल्दैमा विकास भन्न सकिँदैन

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छिन् । सोमबार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उपसभामुख रानाले सरकार भनेको सम्पूर्ण जनताहरू भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने जिकिर गरिन् । उनले बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने बताइन् । उनले महिला हिंसासम्बन्धी धेरै कानुन बनेका भए पनि कार्यान्वयनको पाटो कमजोर रहेको उल्लेख गरिन् ।
‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरूले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । सरकार भनेको सम्पूर्ण जनताहरू हुन् । जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन,' उनले भनिन् ।
उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताइन् ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया