आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एनएसएल : साविक विजेता काठमाडौँ रेजर्सको सानदार जित

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौँ रेजर्सले सानदार जित हात पारेको छ ।

दशरथ रंगशालामा सोमबार साँझ काठमाडौँले पोखरा थन्डर्सलाई २-१ गोलअन्तरले पराजित गर्यो ।

अन्तिम समयमा काठमाडौँले २ गोल गर्दै खेल जितेको हो ।

सोमबार आयुष घलानले ५९ औँ मिनेटमा गोल गर्दै पोखरालाई दिलाए ।

तर, काठमाडौँका ओन्गुए जुनियरले ८२ औँ मिनेटमा बराबरी गोल गर्दा इन्जुरी समयमा सोकरूखले गोल गर्दै काठमाडौँको पुनरागमन जित सुनिश्चित गरे  ।

यसअघि शनिबार बुटवल लुम्बिनी फुटबल क्लबले काठमाडौँलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।