अनेसास जापानको १३ औँ अधिवेशन सकियो, अध्यक्षमा पौडेल

जापान- अनेसास जापान च्याप्टरको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला टोकियोमा एक भव्य साहित्सयिक समारोहबीच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनले २०२३ देखि २०२५ का लागि अरुण पौडेलको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारीसहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोखरेल रहेका छन् ।
महासचिवमा अनिलकुमार निर्दोष निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भएकी हुन् । सचिवमा केवी पारखी, मनोज मौसम केसी र संगीता कुँवर निर्वाचित भएका छन् । त्यस्तै सदस्य मनोनयन गरिएको संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिए ।
कार्यक्रममा उपस्थित दर्जन बढी सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास जापानको विगत, वर्तमान र भविष्यबारे जानकारी गराएका थिए ।
पूर्वअध्यक्ष आलोक चालिसे, दिनेशराज ज्ञवाली, पूर्वअध्यक्ष तथा बिओटी उपसभापति विष्णुप्रसाद घिमिरे, पूर्व अध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्व अध्यक्ष गिरिजा गैह्रेलगायतले पुरानो कार्यसमितिलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।
संस्थाको १३ औँ अधिवेशनको अवसर पारेर नेपाली पत्रकारिताका माध्यमबाट अनेसासलाई विभिन्न तरिकाले सहयोग पुर्याएको भन्दै जापानमा क्रियाशील पत्रकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो । साथै अनेसास जापानको मुखपत्र साकुरा फूल्दा- ७ बालबालिका विशेषको विमोचन गरिएको थियो । करिब ६ घण्टासम्म चलेको कार्यक्रममा एक सयभन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शरद पोखरेलले गरेका थिए ।

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया