जब क्लबका अध्यक्षले नै रेफ्रीलाई कुटे…
काठमाडौँ- टर्कीको फुटबल संघले सबै फुटबल लिगका खेलहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
टर्कीको सुपर लिग सञ्चालन गरिरहेका एक रेफ्रीमाथि एक क्बलका अध्यक्षले मुक्का प्रहार गरेपछि संघले सबै लिगका खेलहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
एमकेई अन्कारागुसु फुटबल क्लबका अध्यक्ष फारुक कोकाले फुटबल रेफ्री हालिल उमुत मेलेरलाई मैदानमै पसेर मुक्का प्रहार गरेका थिए ।
सुपर लिगअन्तर्गत सोमबार अन्कारागुसुले ९७ औँ मिनेटमा गोल खाएपछि कायकर लिजसपोरसँगको खेल १-१ गोलको बराबरीमा टुंगिएको थियो ।
त्यसपछि आक्रोशित बनेका कोकाले रेफ्री हालिलमाथि हातपात गरेका थिए । रेफ्री हालिल मैदानमा लडेपनि अन्य व्यक्तिले पनि उनीमाथि आक्रमण गरेका थिए ।
कुटपिटपछि रेफ्री घाइते भएको तथा उनको एक अस्पतालमा उपचार गरिएको थियो । ३७ वर्षीय हालिल फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाउने गरेका छन् । उनी यूइएफए एलाइट रेफ्रीको सूचीमा पनि रहेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया