सेयर बजार ३३.६४ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार

काठमाडौं - सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालू साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो ।
मंगलबार ३३.६४ अंकले बढेको सेयर बजार १९८२.२२ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९६ कम्पनीको ९४ हजार २८५ पटक भएको कारोबारमा १ करोड २३ लाख १९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड १७ लाख ८२ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ ।
यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३।९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो ।
आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया