दुर्गा प्रसाईंजस्ता स्यालको हुइँय्या अबका केही दिनमा समाप्त हुन्छ : पाण्डे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले दुर्गा प्रसाईंजस्ता स्यालको हुइँय्या अबका केही दिनमा समाप्त भएर जाने दाबी गरेका छन् । रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा नेता पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नभएको बताउँदै यस्ताे दाबी गरेका हुन् ।
कार्यक्रममा पाण्डेले सरकारले जनताको भावनाअनुसार अझै पनि काम गर्न नसकेको जिकिर समेत गरे । उनले वर्तमान सरकार गठन भएको ११ महिना हुँदा पनि जनताको भावना अनुसार अझै पनि काम गर्न नसकेको बताए ।
विगत ११ महिनामा गठबन्धन सरकारले मुलुकको विकासका लागि नीतिगत काम गरेको भएता पनि सरकारले आगामी दिनमा फड्को मार्ने काम गर्नुपर्ने उनले बताए । उनले संविधानमा ल्याइएको अधिकारहरूलाई कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया