एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको हो : ओली

एमालेले देश र जनताको हितको पक्षमा संकल्प यात्रा तय गरेको हो : ओली
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको हितको पक्षमा समृद्धिका लागि संकल्प यात्रालाई अघि बढाएको बताएका छन् ।
देश र जनताको हितका लागि विकासको अभियानलाई तीव्रता दिन एमालेले सो संकल्प यात्रा सुरु गरेकाले त्यसमा सबैले साथ दिनुपर्ने ओलीको भनाइ थियो । मंगलबार ओलखढुंगाको हर्कपुरमा आयोजित सभामा बोल्दै उनले देश र जनताको हितमा एमालेले राष्ट्रव्यापी रूपमा अभियान सञ्चालन गरेकाले त्यसबाट कसैले पनि चित्त दुखाउनुपर्ने अवस्था नरहेको जिकिर समेत गरे ।
अध्यक्ष ओलीले एमालेले मुलुकलाई समृद्ध बनाउन मिसन-२०८४ पूरा गर्ने अठोट लिएको पनि दोहोर्याए ।
‘यो वास्तवमा देश जाग्न पर्यो । तपाईँहामी जाग्न पर्यो । जागेर हामीले देश बनाउने यस अभियानमा हामी सबै सरिक हुनुपर्छ त्यसका निम्ति । यो कसैको विरुद्ध होइन । देशको पक्षमा, जनताको पक्षमा, विकासको पक्षमा यो अभियान हो । त्यसकारण यसमा कसैले चित्त दुखाउनुपर्ने आवश्यकता छैन,' उनले भने, 'यहाँहरूको सजगता हामीले यहाँ आइपुग्दा जुन पायौँ । म त्यसका निम्ति धन्यवाद भन्न चाहन्छु । राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आम जनतालाई अपिल र आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष ओलीले राष्ट्र निर्माणको अभियानको नेतृत्व एमालेले लिने दाबी गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया