आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

एनएसएल : बुटवलमाथि झापाको जित

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले जित हात पारेको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ झापाले बुटवल लुम्बिनी एफसीमाथि १-० गोलअन्तरले पराजित गर्यो । झापाको जितमा एक मात्र गोल जोर्ग सान्चेजले गरे । जोर्ग सान्चेजले ३८ औँ मिनेटमा गोल गरे ।

झापाले ५ खेलबाट ६ अंक जोडेर छैटौँ स्थानमा उक्लिएको छ । यता ७ अंकसहित बुटवल पाँचौं स्थानमा छ ।