जनकपुरमा विवाहपञ्चमी महोत्सव आजबाट सुरु

काठमाडौँ- मिथिलाञ्चलको ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजबाट सुरु भएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिएको हो ।
भगवान राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन गर्ने गरिन्छ । जनकपुरधाम क्षेत्रमा मंगलबार बिहानैदेखि श्रद्धालु भक्तजनहरूको चहलपहल देखिएको थियो । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत नगर दर्शनलाई लिएर जानकी मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु भक्तजनहरू पुगेका थिए ।
नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगर दर्शन गराइएको थियो । यसका साथै राम लक्ष्मणलाई मिथिला भ्रमण गराएका ऋषि विश्वामित्रको प्रतीक पात्र समेत थिए । नगर दर्शनको अवसरमा मंगलगान समेत गाइएको थियो ।
त्रेता युगमा समेत भगवान राम लक्ष्मण जनकपुरधाम आएपछि यस्तै स्वागत गान गाइएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।
नगर दर्शन विधिका लागि जनकपुरधामस्थित जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो । चिया, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, आदिका पसलहरू कृत्रिम रूपमा निर्माण गरिएका थिए । राम लक्ष्मणको प्रतीकको रूपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार समेत घुमाइएको थियो ।
राम लक्ष्मण स्वयं जनकपुरधामको नगर दर्शन गर्दा पूरै मिथिलाको वातावरण उल्लासमय बनेको थियो जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । सोही दर्शाउनका लागि जानकी मन्दिर परिसरमै कृत्रिम बजार लगाएर नगर दर्शन विधि गरिएको उनले बताए ।

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

कालीगण्डकीमा स्नान गर्नेको घुँइचो

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

प्रतिक्रिया