शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

जलवायु परिवर्तनको असर हिमालमा धेरै

गण्डकी- गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर आलेमगरले जलवायु परिवर्तनको असर हिमाललाई परेको बताएका छन् ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उनले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताए । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख गर्दै उनले हिमाल र हिमाली संस्कृति जोगाउनुपर्नेमा जोड दिए ।

हिमाल हाम्रा सम्पत्ति भएको चर्चा गर्दै मन्त्री आलेमगरले हिमालले नै नेपाललाई विश्वमाझ चिनाएको बताए । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव आयोजना गरिएको बताए । हिमाल र पदयात्राका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको उनले बताए ।

नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय सङ्ग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको जानकारी गराए ।

महोत्सवका सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्ने ज्ञानको महोत्सवका रूपमा अगाडि बढाइएको बताए । शुक्रबारदेखि पाँच दिन चलेको महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री प्रदर्शनीदेखि जलवायु परिवर्तनको असर लगायतका विषयमा बहस गरिएको थियो । उक्त अवसरमा पर्वतारोहण र पर्वतीय जनजीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको तस्बिर प्रदर्शनी गरिएको थियो ।

महोत्सव १० हजारले अवलोकन गरेको सङ्ग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवमा छेलो प्रतियोगिता, जीपलाइन, दोहोरी गीत आदि कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताइन् ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…