अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको छ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा नरहेपनि अहिले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका हुन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषयहरू अहिले क्रमश: कार्यान्वयनका क्रममा रहेको उनले बताए । सरकारको चालु खर्चलाई गत वर्षको हाराहारीमा सिमित गरिएको भन्दै उनले यस अवधिमा पुँजीगत खर्चतर्फ करीब ६ प्रतिशत वृद्धिदर रहेको जानकारी दिए ।
त्यस्तै यस अवधिमा भन्सार महसुलतर्फ करीब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करीब ७.१९ प्रतिशत, आयकरतर्फ करीब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको समेत जानकारी दिए ।
मौद्रिक नीतिमार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको उनले बताए ।
त्यस्तै उनले विप्रेषणको आप्रवाह २०८० असोजसम्ममा ३० प्रतिशले बढेकाले वाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको जानकारी दिए । मन्त्री महतले स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमती दिने गरी नयाँ मापदण्ड जारी गरिएको र चालु आर्थिक वर्षको विनियोजनको ४ गुणासम्म मात्र सहमती दिन सकिने व्यवस्था गरिएको बताए ।
अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा सुरू गरिएको भन्दै उनले जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरू गरिएको जिकिर गरे । त्यसैगरी अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमश: खुकुलो बनाउँदै लगिएको उनले बताए ।

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

प्रतिक्रिया