भारतविरुद्धको टेस्ट सिरिजका लागि टिममा परेपछि रोए २० वर्षीय बशीर

काठमाडौँ- भातरविरुद्धको टेस्ट क्रिकेट सिरिजका लागि इंग्ल्यान्डले टिममा समेट्दा आफू रोएको २० वर्षीय शोएब बशीरले बताएका छन् ।
आगामी जनवरीदेखि मार्चसम्ममा पाँच खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्डले भारतको भ्रमण गर्दैछ र सो सिरिजका लागि इंग्ल्यान्डले समरसेटका २० वर्षीय अफ-स्पिनर बशीरलाई टिममा समावेश गरेको हो ।
इंग्ल्यान्डको टेस्ट टिममा आफूलाई आकस्मिक रुपमा बोलाइएपछि आफू रोएको बशीरले बताएका बीबीसीले उल्लेख गरेको छ ।
गत जुनमा फस्ट-क्लास क्रिकेटमा डेब्यु गरेका बशीरले ६ वटा फस्ट-क्लास खेलमात्र खेलेका छन् । उनले फस्ट-क्लास क्रिकेटमा १० विकेट हात पारेका छन् । बशीरले समरसेटका लागि टी-ट्वान्टी ब्लास्टमा ५ खेल खेलेका थिए ।
बशीरले अहिलेको अवस्थामा आफूले सो स्तरको क्रिकेट खेल्ने कल्पना पनि नगरेको बताए ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया